भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौँ, २ साउन । पछिल्लो २४ घण्टामा बाँकेको भेरी अस्पतालमा गरिएको नमूना परीक्षणमा थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ ।
अस्पतालले आज विज्ञप्ति जारी गर्दै थप २८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । संक्रमित हुनेहरुमा १० जना बर्दिया, ५ जना दाङ र १३ जना रोल्पाका रहेका छन्।
अस्पतालका अनुसार गत २४ घण्टामा २५० जनाको नमूना संकलन गरी पीसीआर परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो संगै भेरी अस्पतालमा १६ हजार ६०० पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म संक्रमितको संख्या ७ सय ४२ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



