मुटुमा समस्या आएपछि स्वास्थ्य राज्यमन्त्री रावत गंगालाल अस्पतालमा भर्ना, एन्जीयोप्लाष्टी गरियो

काठमाडौँ, २८ असार ।  मुटुमा समस्या देखिएपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावत आइतबार  बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएका छन् ।

परीक्षण पछि उनको आजै एन्जीओप्लास्टी भएको छ । अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारी नेतृत्वको टोलीले उनको एन्जीओप्लास्टी गरेको हो ।

राज्यमन्त्री रावतका सचिवालय सदस्य टपेन्द्र बिसीले असहजता महसुस गरेपछि गत बिहीबार वीर अस्पतालमा होलवडी चेकअप गर्न गएको र सो क्रममा मुटुमा समस्या रहेको हुनसक्ने संकेत देखा परेपछि आज थप परीक्षणका लागि गंगालाल अस्पताल पुगेको बताए ।

‘डा अधिकारीको टोलीले पहिले एन्जीओग्राफ्री गर्‍यो, सो क्रममा मुटुका केही नसामा ब्लक देखियो । त्यसपछि उनको एन्जियोप्लास्टी गरियो । अहिले अवस्था सामान्य उन्मुख हुँदैछ,’ विसीले भने ।

उनले सोमबार बेलुकासम्म मन्त्री रावत डिस्चार्ज हुनसक्ने चिकित्सकले बताएको उल्लेख गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *