स्वास्थ्य मन्त्रालयका कानून हेर्ने उपसचिव फेरिए

0
Shares

काठमाडौँ, १९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कानून हेर्ने उपसचिव फेरिएका छन् । यसअघि कानून हेर्ने उपसचिव पुस्करराज नेपालको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न यसअघि वन तथा वातावरण मन्त्रालयमा रहेका कानून उपसचिव मानवहादुर बस्नेत आएका छन् ।

उनले गत सोमबारबाट स्वास्थ्य मन्त्रालयको कानून शाखाको जिम्मेवारी सम्हाल्न थालेका हुन् ।

कानून हेर्ने उपसचिवको सरुवा कानून मन्त्रालयबाट हुने गर्दछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *