काठमाडौँका कोरोना संक्रमित : सुत्केरी देखि सडक दुर्घटनाका घाइतेसम्म

काठमाडौँ, १८ असार । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोभिड १९ प्रेस ब्रिफिङमा विहीबार प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाको तीन जिल्लामा ३२ जना संक्रमित भेटिएको विवरण दिएका थिए ।

उनले भनेका थिए, ‘टेकु अस्पतालको प्रयोगशालामा ललितपुरका एक जना पुरुष, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा भक्तपुरको २ जना पुरुष र ललितपुरको एक जना पुरुषमा संक्रमण देखियो ।’

उनले त्रिवि शिक्षण अस्पतालकै प्रयोगशालामा काठमाडौँका १७ महिला र ११ पुरुषमा समेत संक्रमण भएको बताए ।

यो संख्या कोरोना संक्रमण शुरु भए यताकै उपत्यकामा इर्क दिन देखिएको सबैभन्दा बढी हो । तर यो संक्रमित काठमाडौँ उपत्यकाको कुन स्थानमा देखिएको हो ? बाहिरबाट आएकाहरुमा हो कि स्थानीयमा हो ? त्यो विवरण सार्वजनिक नहुँदा आम सर्वसाधारणमा भने अन्योल र त्रास उत्पन्न भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उपत्यकाका भनिए पनि अधिकांश क्वारेन्टाइनमा बसेका र केही अस्पतालमा उपचाररत व्यक्ति रहेको बताए । उनले केही बानेश्वर, केही कीर्तिपुर, केही बुढानिलकण्ड ठेगाना लेखिएको समेत बताए ।

डा पाण्डेका अनुसार विहीबार संक्रमित देखिएकाहरुमा एक जना नेपाल मेडिकल कलेजमा सुत्केरी भएकी महिला छिन् । सडक दुर्घटनामा परी ह्याम्स अस्पतालमा उपचार गराएका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

खुट्टा भाँचिएको एक व्यक्ति त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् उनमा पनि कोरोना देखिएको छ । यस्तै सिन्धुपाल्चोकबाट उपचारका लागि ह्याम्सका आएका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ । ह्याम्समै हाउसकिपिङको रुपमा कार्यरत २ जनामा पनि संक्रमण देखिएको छ ।

डा पाण्डेले अमेरिकाबाट आई होटल क्वारेन्टाइनमा बसेका ३ जनामा पनि संक्रमण देखिएको बताए । छाउनी अस्पतालको आइसोलेसमा रहेका ३ जनामा पनि संक्रमण देखियो । दुवईबाट आएका २ जना, कतारबाट आएका १ जना, साउदीबाट आएका २ जना, बहराईनबाट आएका एक जना, मालदिव्सबाट आएका एक जना, बंगलादेशबाट आएका एक जनामा पनि संक्रमण देखिएको छ ।

उनले माल्टा जान भन्दै पोखराबाट आएर पीसीआर परीक्षण गराएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

उनले आएकाहरु क्वारेन्टाइन र अस्पताल भित्र रहेकोले आत्तिई नहाल्न र सतर्कता बढाउन आग्रह गरे ।

बिहीबार देभभर ४७३ कोरोना संक्रमित देखिएका छन्।

योसँगै संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको छ।  ६ हजार ३ सय २० जना निको भएका छन् ।

कोरोनाबाट आहिलेसम्म ३१ जनाको ज्यान गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *