चौविस घण्टामा देशभर थपिए ५५४ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १२ हजार ३०९

0
Shares

 

काठमाडौँ, १३ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ५५४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १२० जना महिला र ४३४ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ५५४ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या  १२ हजार ३०९ पुगेको छ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७७ वटै रहेका छन् । आज रसुवा जिल्लामा पनि ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १८ महिला र ११८ जना पुरुष छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार ८३४ पुगेको छ। जसमा २४२ जना महिला र २ हजार ५९२ जना पुरुष रहेका छन् ।

त्यसैगरी देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार ४४७ जना उपचाररत छन् ।

आज थप एकको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हनेको संख्या २८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *