सुदूरपश्चिम प्रदेशमा थपिए ४९ जना कोरोना संक्रमित

कैलाली, ९ असार । सुदूरपश्चिम प्रदेशको चार जिल्लााका ४९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै एक सय ३२ स्वाब परीक्षण गर्दा कैलालीका ४६ तथा बाजुरा, कन्चनपुर र बझाङका एक-एक जना गरी ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा १७ जना महिला र ३२ जना पुरुषको कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



