गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

पोखरा, १ असार । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । तनहुँमा ५ र नवलपरासी पूर्वमा १ गरी ६ जनामा संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार नयाँ संक्रमितहरुमा तनहुँ घिरिङ गाँउपालिका स्थायी ठेगाना भई सोही गाँउ पालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरुलाई शुक्लागण्डी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेसनमा लगिसकिएको निर्देशनालयले जनाएको छ ।

यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्व बौदीकाली गाँउपालिका स्थायी ठेगान भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका २० बर्षका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ । उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको समेत निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या २०५ पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *