पाल्पामा थप १२ जनामा देखियो कोरोना संक्रमण

0
Shares

पाल्पा, २८ जेठ । पाल्पामा थप १२ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप संक्रमित भेटिएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका नयाँ संक्रमित सबै माथागढी गाँउपालिका ८ बहादुरपुर क्वारेन्टाइनमा रहेकाहरु हुन् ।

‘दश दिन अघि सोही ठाँउको क्वारेन्टाइनमा रहेका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी पाल्पाका पहिलो संक्रमित थिए । पहिलो संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा आज थप नयाँ संक्रमण भेटिएको हो,’ न्यौपानेले भने ।

उनले नमूना उतिबेलै पठाइएपनि रिपोर्ट अहिले आएको बताए । नयाँ संक्रमितहरु १९ देखि ५३ बर्ष उमेर समूहका छन् । उनीहरुलाई अब सदरमुकाम तानसेनस्थित मिसन अस्पतालको आइसोलेसन कक्षमा ल्याउने तयारी भएको समेत न्यौपानेले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *