कर्णाली थप ३७ जनामा देखियो कोरोना संक्रमण

0
Shares

सुर्खेत २८ जेठ । कर्णाली प्रदेशका तीन जिल्लामा ३७ कोरोना संक्रमित थपिएका छन् ।प्रदेश अस्पताल सुर्खेतस्थित प्रयोगशालामा भएको पीसीआर परीक्षणमा दैलेख, सुर्खेत र जाजरकोटमा गरी ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्त स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखको अवलपराजुल, डुंगेश्वर गाँउपालिकामा २ महिला र २३ पुरुष सहित २५ जनामा संक्रमण देखिएको छ ।

यस्तै सुर्खेतको बराहाताल गाँउपालिका , गुर्भाकोट नगरपालिका, सिम्ता गाँउपालिकामा गरी ३ महिला र ६ पुरुष गरी ९ जना र जाजरकोटको छेडगाड नगरपालिका, सिवालय गाउपालिका गरी ३ जनामा संक्रमण देखिएको हो ।

कर्णाली प्रदेशमा अहिलेसम्म २९ जना कोरोना मुक्त भएका छन् भने ३ जनाको यसको संक्रमणबाट ज्यान गएको छ । प्रदेशमा जम्मा संक्रमितको संख्या ७०८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *