लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जनामा कोरोना पोजेटिभ


पाल्पा, २६ जेठ । प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जना विरामीमा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा पाल्पा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २३ वर्षीय पुरुष र गुल्मीको रूरू गाउँपालिका–१ का ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य सामान्य रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । दुबैजना संक्रमितको मेडिकल कलेजको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका पाल्पा सिलुवाका पुरुष जेठ २० गते मृत्यु भएका सिलुवाकै ४५ वर्षीय पुरुषसँगै भारतबाट आएका व्यक्ति हुन् । पूर्वखोला २ जल्पा क्वारेन्टाइनमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि २२ जेठमा प्रभावस्थित मेडिकल कलेज ल्याइएको थियो । । यस्तै गुल्मीका संक्रमित २३ गते भर्ना भएका हुन् ।

आइसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ
यसैबीच सोमबार लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका ६७ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गुल्मी मालिका गाँउपालिका ३ निवासी ती पुरुष आइतबार अस्पताल भर्ना भएका थिए । सोमबार आज) विहान उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइतबार अस्पताल आएका उनको आइसोलेशन कक्षमा उपचमार भइरहेको थियो । उनको श्वास झिकेर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

प्रयोगशालाका निमित्त निर्देशक डा राजेन्द्रकुमार गिरीले लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएका ६७ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *