दाङस्थित कोरोना विशेष अस्पतालबाट १० जना कोरोना जितेर फिर्ता


तुलसीपुर, २५ जेठ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुई दुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् ।

तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ । उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ सङ्क्रमितको उपचार भइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *