दाङस्थित कोरोना विशेष अस्पतालबाट १० जना कोरोना जितेर फिर्ता

तुलसीपुर, २५ जेठ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुई दुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् ।
तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ । उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ सङ्क्रमितको उपचार भइरहेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



