२६ जना नेपाली लिएर म्यानमारबाट उडेको सैन्य विमान नेपाल छिर्‍यो

काठमाडौँ, २३ जेठ ।  म्यानमारबाट २६ जना नेपाली लिएर काठमाडौँका लागि उडेको त्यहाँको सैन्य विमान नेपाली आकासमा छिरेको छ । अबको केही समयमै काठमाडौँ अवतरण हुनेछ ।

यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कनेछ । म्यानमारबाट आएको यो समूह लकडाउनपछि सरकारको पहलमा चीनको वुहानबाट आएको समूहपछिको पहिलो हो ।

म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारमा अहिलेसम्म २ सय ३६ जना संक्रमित देखिएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *