स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा. दिपेन्द्ररमण सिंह, महेन्द्रलाई मन्त्रालय तानियो

0
Shares

काठमाडौँ, २२ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक सहित ६ जनाको जिम्मेवारी हेरफेर गरेका छन् ।

बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री ढकालले विभागका महानिर्देशक रहेका महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय तानेका छन् । उनको ठाँउमा डा दीपेन्द्ररमण सिंहलाई पठाएका छन् ।

यस्तै विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई समेत मन्त्रालय तानेका छन् । उनको ठाँउमा एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा रमेश खरेललाई पठाइएको छ ।

यस्तै प्रसूतिगृह अस्पतालका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । उनको जिम्मेवारीमा कोशी अस्पतालका निर्देशक डा संगिता कौशललाई ल्याइएको छ ।

कोशी अस्पतालमा सगरमाथा अस्पतालका निर्देशक रहेका डा चुमनलाल दासलाई पठाउने निर्णय भएको मन्त्रालय सहसचिव रघुराम विष्टले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *