कोरोना संक्रमित स्वास्थ्यकर्मीको स्वास्थ्यप्रति स्वास्थ्य राज्यमन्त्रीको चासो

कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई टेलिफोन गर्दै स्वास्थ्य राज्यमन्त्री रावत

काठमाडौँ, २० जेठ । कोरोना संक्रमणमा परेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्यप्रति स्वास्थ्य राज्यमन्त्री नवराज रावतले चासो व्यक्त गरेका छन् । उनले मंगलबार देशका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका संक्रमित स्वास्थ्यकर्मीहरुलाई टेलिफोन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘अहिले १० जना भन्दा बढी स्वास्थ्यकर्मीहरु आइसोलेसनमा हुनुहुन्छ । तर कतिपयसंग फोन सम्पर्क हुनसकेन । सात जनालाई आफैले टेलिफोन गरी स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ,’  राज्यमन्त्रीका निजी सचिवालय सदस्य भीमराज सिंहले भने ।

राज्यमन्त्री रावतले भने स्वास्थ्यकर्मीहरु यो कोरोना महामारीविरुद्धको युद्धमा खटिएका अग्रमोर्चाका कमाण्डर भएको भन्दै उनीहरुप्रति सम्मान व्यक्त गर्नु र स्वास्थ्यअवस्थाबारे जानकारी लिनु आफ्नो दायित्व भएको बताए ।

‘महामारीको बेलामा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च राख्नु सरकारको दायित्व हो । कोरोनाको उपचार तथा रोकथामका लागि खटिएका उहाँहरु आफै संक्रमणमा पर्नु भएको छ । यस्तो बेलामा सिंगो सरकार उहाँहरुको साथमा छ । मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट मैले चासो राखेँ र स्वास्थ्यलाभको कामना समेत गरेँ । केही स्वास्थ्यकर्मी साथीहरुसंग चाहेर पनि सम्पर्क हुन् सकेन्,’ राज्यमन्त्री रावतले भने ।

टेलिफोनमा राज्यमन्त्री रावतले स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट मुक्त भएपछि आफ्ना अनुभवको आधारमा अन्य संक्रमितहरुलाई काउन्सिलिङ गर्न समेत सहयोग हुने बताएका थिए ।

राज्यमन्त्रीबाट स्वास्थ्यको चासो लिएको पाएपछि स्वास्थ्यकर्मीहरु खुशी देखिएका थिए । ‘अप्रत्यासित रुपमा टेलिफोन गर्नु भयो । यसले हामी पनि अचम्म भएका छौँ । फोन मात्रै आउँदा पनि हामीलाई साच्चिकै अभिभावक आएको जस्तो भान भयो । कम्तिमा सम्झ्यो । यसमा खुसी छु,’ संक्रमित एक जना स्वास्थ्यकर्मीले भनिन् ।

नेपालमा अहिलेसम्म डेढ दर्जन बढी स्वास्थ्यकर्मीहरु कोरोना संक्रमणमा परेका छन् । उनीहरुमध्ये कतिपय कोरोना जितेर अस्पतालबाट डिस्चार्ज समेत भएका छन् ।

संक्रमित हुनेहरुमा नर्स, अहेव, एचए, ल्याव असिस्टेन्ट, चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरु छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *