कोरोना तथा संक्रामक रोगको उपचारमा सम्लग्न सबै स्वास्थ्यकर्मीलाई ५ लाखको निशुल्क बीमा
काठमाडौँ, १५ जेठ । सरकारले कोरोना तथा अन्य संक्रामक रोगको उपचार तथा रोकथाममा खटिने सबै स्वास्थ्यकर्मीहरुलाई ५ लाखको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७७ /७८ को बजेट तथा कार्यक्रमको घोषणा गर्ने क्रममा सो बताएका हुन् ।
कोरोना महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मी र संक्रामक रोगविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न सरकारले यस्तो प्याकेज ल्याएको हो ।
यो बाहेक अहिले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई अन्य प्रोत्साहनको भत्ता समेत उपलव्ध गराउने निर्णय गरेको छ ।
यो बर्ष स्वास्थ्यमा ९० अर्व ६९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



