कोरोना तथा संक्रामक रोगको उपचारमा सम्लग्न सबै स्वास्थ्यकर्मीलाई ५ लाखको निशुल्क बीमा

काठमाडौँ, १५ जेठ । सरकारले कोरोना तथा अन्य संक्रामक रोगको उपचार तथा रोकथाममा खटिने सबै स्वास्थ्यकर्मीहरुलाई ५ लाखको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७७ /७८ को बजेट तथा कार्यक्रमको घोषणा गर्ने क्रममा सो बताएका हुन् ।

कोरोना महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मी र संक्रामक रोगविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न सरकारले यस्तो प्याकेज ल्याएको हो ।

यो बाहेक अहिले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई अन्य प्रोत्साहनको भत्ता समेत उपलव्ध गराउने निर्णय गरेको छ ।
यो बर्ष स्वास्थ्यमा ९० अर्व ६९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *