भद्रपुरमा कोभिड विशेष अस्पताल र पिसिआर प्रयोगशाला


भद्रपुर, ११ जेठ । भद्रपुरस्थित मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश नं १ सरकारको सहयोगमा १०० श्ययाको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले अस्पतालको नयाँ भवनमा छुट्टै कोभिड अस्पताल र नजिकै रहेको स्वास्थ्य कार्यालयको तालिम केन्द्रमा पिसीआर प्रयोगशाला राख्ने निर्णय भएको बताए ।

झापामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३३ जना कचनकवल गाउँपालिकाका छन् । बाह्रदशी र दमकका एक–एक जना निको भएर घर फर्किसकेका छन् भने झापा गाउँपालिकाका एक सङ्क्रमित थपिएका छन् । पूर्वीनाका काँकडभिट्टालगायतका सीमावर्ती क्षेत्रबाट सयौँ नेपाली घर फर्कन थालेपछि उनीहरुको कोभिड परीक्षणका लागि झापामै पिसीआर प्रयोगशाला र कोभिड अस्पताल निर्माण हुनुपर्ने जरुरी देखिएको थियो ।

कोभिड विशेष अस्पताल बनाउने भनिएको नयाँ भवन निर्माणको अन्तिम चरणमा रहेको हुँदा त्यसलाई पूरा गर्न केही बजेट आवश्यक पर्ने प्रदेशसभा सदस्य वसन्त बानियाँले बताए। अहिलेलाई तत्कालीन जनस्वास्थ्य कार्यालयको तालिम केन्द्र खाली र पूर्वाधारयुक्त भएको हुँदा पिसीआर प्रयोगशाला मेसिन आउनासाथ सञ्चालनमा ल्याउन सकिने अवस्था छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *