भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ लाख नाघ्यो

0
Shares


नयाँ दिल्ली, ६ जेठ । गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा सोमबार एकै दिनमा १३४ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार १६३ जना पुगेको छ । यसको संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३९ हजार १७४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३५ हजार ५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार २४९ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा ११ हजार ७४५ संक्रमति रहेका छन् ।    रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *