भरतपुर क्यान्सर अस्पतालको उपनिर्देशक बने डा. कृष्णसागर शर्मा
चितवन, ५ जेठ । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. कृष्णसागर शर्मा नियुक्त भएका छन् ।
कार्यकारी निर्देशक डा. देजकुमार गौतमको सिफारिसको आधारमा अध्यक्ष डा निर्मल लामिछानेले डा शर्मालाई तीन बर्षका लागि उपनिर्देशक पदमा नियुक्त गरेका हुन् ।
बाल रोग (क्यान्सर) विशेषज्ञ समेत डा शर्मा अहिले सोही अस्पतालका अंकोलोजी विभाग प्रमुखको रुपमा कार्यरत छन् ।
नयाँ जिम्मेवारी पाएपछि डा शर्माले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने कार्यमा आफू अघि बढने बताए ।
उनले अस्पतालमा अनियमितता तथा भ्रष्टाचार रोक्न कडा नीति अवलम्बलन गर्न तथा सबैको पहुँच र सेवालाई सर्वसुलभ बनाउन आफ्नो प्राथमिकता हुने बताए ।
सम्पर्क इमेल : [email protected]