काठमाडौँ र दाङ सहित चार जिल्लाका ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २६७ पुग्यो

768
Shares

काठमाडौँ, २ जेठ । काठमाडौँ र दाङ सहित चार जिल्लाका ९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो अध्यावधिक विवरण संगै कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँ सतुंगलका ७ बर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षण गर्दा दाङको गडवा ४,५ र तुलसीपुर ७ निवासी क्रमश २३, ३६ र ३४ बर्षका पुरुषहरुमा संक्रमण देखिएको छ । दाङमा यो पहिलो संक्रमण हो ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ बर्षीय पुरुष, पर्साको वीरगञ्ज निवासी ९ र १० बर्षका बालक, २३ र ४७ बर्षका महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमित सबैको अवस्था सामान्य रहेको बताए ।

यसअघि विहान पनि थप ९ जनामा संक्रमण देखिएको थियो । यो संगै आज मात्रै कुल संक्रमितको संख्या १८ले बढेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *