थप ५ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २५० पुग्यो

काठमाडौँ, १ जेठ । थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार विहान गरेको दोस्रो अपडेटमा सर्लाही, धनुषा, महोत्तरीमा गरी थप ५ जनामा कोरोना पुष्टि भएको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सर्लाही धनकौल निवासी ४५ बर्षीय पुरुष, धनुषाको जनकपुर नपा र मिथिला नपा निवासी ४० बर्षीय पुरुष र २० बर्षीया महिला, महोत्तरीको जलेश्वर नपा र बलवा नपा निवासी १६ र ३५ बर्षीय पुरुषहरु रहेको उल्लेख गरेको छ ।

यसअघि आज विहान काठमाडौँ र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट काठमाडौँ चन्द्रागिरी निवासी ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ बर्षीया बालिकामा संक्रमण देखिएको हो । विहीबार विहान दोस्रो पटक थपिएको कुल ५ संगै संगै देशभर कुल कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *