आगामी बजेटबारे स्वास्थ्यमन्त्री ढकाल र सांसदबीच छलफल

काठमाडौँ, २३ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग आज सुझाव लिएका छन् ।

मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग मन्त्री ढकालले पहिलोपटक यस प्रकारको छलफल सुरू गरेका हुन् । मन्त्री ढकालले सोमबार मात्रै चार प्रदेशका सांसदसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिएका छन् ।

उनले सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग सोमबार सुझाव लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।

मन्त्री ढकाललाई अस्पतालहरुको स्तरोन्नति र जनशक्ति व्यवस्थापनमा ध्यान दिन सुझाव दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले पनि स्वास्थ्य मन्त्रालयमै आएर सुझाव दिएका थिए ।

मङ्गलबार बागमती प्रदेशभित्रका प्रतिनिधिसभाका सदस्यसँग सुझाव लिने कार्यक्रम छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *