जुम्लामा पुग्यो पीसीआर मेसिन, किट पुगेन प्रयोगमा आएन

जुम्ला, १८ बैशाख ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि आइपुगेको पिसिआर मेसिन जडान भइसके पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन । अस्पतालका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन ।

किट नहुँदा पिसिआर मेसिन प्रयोगविहीन भएको प्रतिष्ठानले जनाएको छ । “सरकारसँग किट माग गरिएको छ, आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ, किट आउने वित्तिकै परीक्षण प्रारम्भ हुनेछ”, निर्देशक रावलले भने । पहिले पिसिआर मेसिन सरकारसँग माग गरिएको थियो तर सम्भव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा बोलपत्र आह्वान गरी चीनबाट पिसिआर मेसिन प्रतिष्ठानमा ल्याइपु¥याएको छ ।

निर्देशक रावलका अनुसार रिएजेन्ट र किट नहुँदा पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन । “किट बाहिर किन्न पनि मिल्छ तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन”, उनले भने, “सरकारले ल्याउन सक्ने भएकाले ५०० किट माग गरिएको छ । तत्काल दुइ÷तीन सय किट आए पनि परीक्षण कार्य अघि बढाउन सकिन्थ्यो ।”

पिसिआर मेसिनबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । अहिले दुइ जना ल्यावका कर्मचारी सुर्खेतमा छन् । उनीहरु सुर्खेतको पिसिआर मेसिन चलाउन सिकिरहेका छन् । किट आउने वित्तिकै उनीहरु जुम्लामा आएर परीक्षण कार्य शुरु गरिने प्रतिष्ठानका निर्देशक रावलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *