कोरोनाबिरुद्ध खटिएका चिकित्सकका लागि एपोनले उपलव्ध गरायो पहिचान झल्किने ज्याकेट

काठमाडौँ, १५ बैशाख ।  नेपाल औषधि उत्पादक संघ  (एपोन)ले कोरोना बिरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका चिकित्सकहरुलाई उनीहरुको पहिचान झल्किने ज्याकेट तयार गरि उपलव्ध गराएको छ ।

एपोनले नेपाल चिकित्सक संघ मार्फत अग्रपंक्तिमा खटिएका देशभरका चिकित्सकहरुका लागि ज्याकेट उपलव्ध गराएको हो । पहिलो चरणमा आज एक हजार प्रति ज्याकेट उपलव्ध गराएको छ । यो संख्या केही दिनमै पाँच हजार पुग्ने एपोनका महासचिव विप्लव अधिकारीले बताए ।

ज्याकेट हस्तान्तरण गर्न आइतबार दिउसो एपोनका तर्फबाट महासचिव अधिकारी सहित बरिष्ठ उपसभापति महेश प्रधान, उपाध्यक्ष सन्तोष बराल नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय पुगेका थिए ।

संघका तर्फबाट अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी लगायतको उपस्थिति थियो । पहिलो चरणमा आज एक हजार थान ज्याकेट हस्तान्तरण भएको छ ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष डा कार्कीले कोरोनाविरुद्धको अग्रपंक्तिमा खटिएका चिकित्सकहरुको सुरक्षा र पहिचानका लागि लडिरहेको संघको कार्यमा थप बल पुग्ने गरी एपोनले गरेको सहयोगको सराहाना गरे । उनले ज्याकेट सकेसम्म छिटो देशभरका चिकित्सकहरुमा पुरयाउने योजना बनाएको बताए । केही दिन अघि पहिचान नभएकै कारण चिकित्सक माथी दुर्व्र्यहार भएको प्रसंग निकाल्दै ज्याकेटले त्यस्ता समस्या समाधान गर्न सक्ने बताए ।

एपोनका महासचिव अधिकारीले कोरोनाको महामारीविरुद्ध एक आपसमा हातेमालो गरी अघि बढ्नुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *