डीडीएले व्याण्ड गरेको औषधि भारतीय सहयोगमा आयो

काठमाडौँ, ११ बैशाख । कोरोना विरुद्धको अभियानका लागि भन्दै भारत सरकारले उपलव्ध गराएको एउटा औषधि नेपाल सरकारले विक्री वितरणमा निषेध (व्याण्ड) गरेको आइटम परेको छ ।

बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको औषधिको सूचीमा रहेको प्यारासिटामोल ३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ट्यावलेट औषधि व्यवस्था विभाग (डीडीए) मा दर्ता नभएको पाइएको हो । विभागले आफूकहाँ दर्ता नभएको औषधिहरुलाई प्रयोगमा निषेध ( व्याण्ड) गर्दछ ।

विभागका प्रवक्ता सन्तोष केसीले प्यारासिटामोल ३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ट्यावलेट आफूकहाँ दर्ता नभएको पुष्टि गरे । उनले विभागमा दर्ता नभएको औषधिहरु साधारण अवस्थामा विक्री वितरण तथा प्रयोग गर्न नमिल्ने बताए ।

तर उनले विशेष परिस्थितिमा कुनै क्लिनिसियनले सिफारिस गरयो र राज्यका लागि जरुरी परयो भने यस्तो अवस्थामा आएका औषधिहरु प्रयोग गर्न सकिने स्पष्ट पारे ।

‘हामीकहाँ प्यारासिटामोल ३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ट्यावलेट एउटै कम्बिनेसनमा दर्ता छै् । दुई दुईवटाको छुट्टा छुट्टै कम्बिनेसनमा भने छ,’ केसीले भने, ‘फार्माकोपियामा नै नभएकोले यसको नेपालमा दर्ता गर्न नमिलेको हो ।’

भारत सरकारले बुधबार उपलव्ध गराएको औषधिको सूचीमा प्यारासिटामोल ३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ट्यावलेट ३ लाख २० हजार वटा भएको उल्लेख छ । राजदूत कात्राले कोरोना विरुद्धको अभियानमा भारतले २३ टन औषधि सहयोग गर्ने बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *