उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या ४० पुग्यो

काठमाडौँ, ९ चैत । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जित वरपरका ८ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण पोजेटिभ देखिएपछि आज विहानै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन परीक्षणका लागि ल्याइएको थियो । ‘प्रतिष्ठानमा परीक्षण गर्दा समेत रिपोर्ट पोजेटिभ आएको हो ,’ प्रतिष्ठान स्रोतले भन्यो ।

भुल्केस्थित मस्जितमा रहेका १२ जनाको गत ५ बैशाखमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप दुई जनाको समेत पोजेटिभ देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *