उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या ४० पुग्यो
काठमाडौँ, ९ चैत । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जित वरपरका ८ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण पोजेटिभ देखिएपछि आज विहानै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन परीक्षणका लागि ल्याइएको थियो । ‘प्रतिष्ठानमा परीक्षण गर्दा समेत रिपोर्ट पोजेटिभ आएको हो ,’ प्रतिष्ठान स्रोतले भन्यो ।
भुल्केस्थित मस्जितमा रहेका १२ जनाको गत ५ बैशाखमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप दुई जनाको समेत पोजेटिभ देखिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



