डा. खेम कार्की स्वास्थ्यविज्ञ सल्लाहकारमा नियुक्त
काठमाडौँ, १० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य विज्ञ सल्लाहकारमा जनस्वास्थ्यविज्ञ डा. खेम कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का सामुदाय चिकित्सका विभाग प्रमुख समेत रहेका डा कार्की यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कार्यकारी सदस्य सचिव समेत रहिसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा मन्त्रिपरिषदले उनलाई विज्ञ सल्लाहकारको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त विज्ञ सल्लाहकार डा. कार्कीले अहिले आफ्नो ध्यान कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमै केन्द्रीत भएको प्रतिक्रिया दिए ।
सम्पर्क इमेल : [email protected]