डा. खेम कार्की स्वास्थ्यविज्ञ सल्लाहकारमा नियुक्त

काठमाडौँ, १० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य विज्ञ सल्लाहकारमा जनस्वास्थ्यविज्ञ डा. खेम कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का सामुदाय चिकित्सका विभाग प्रमुख समेत रहेका डा कार्की  यसअघि  नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कार्यकारी सदस्य सचिव समेत रहिसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा मन्त्रिपरिषदले उनलाई विज्ञ सल्लाहकारको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त विज्ञ सल्लाहकार डा. कार्कीले अहिले आफ्नो ध्यान कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमै केन्द्रीत भएको प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *