प्रधानमन्त्री ओलीलाई नातिनीले दिने भईन् मिर्गौला
काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातिनी नाता पर्ने एक महिलाले मिर्गौला दान दिने भएकी छन् । ओलीको आगामी बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ ।
‘नाताले नातिनी पर्ने एक महिला, लगभग २५ – २६ बर्षकी हुनुहुन्छ । उहाँको मिर्गौला म्याच पनि भयो । उहाँले नै दिने कुरो भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीलाई पहिलो पटक प्रत्यारोपण नाताले बुहारी पर्ने अञ्जनाले मिर्गौला दिएकी थिइन ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली सोमबार (भोलि) नै अस्पताल भर्ना हुने भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



