चिकित्सक संघ निर्वाचन समिक्षा : हामी हारेर पनि जित्यौँ

  • डा. प्रेनितकुमार पोखरेल
डा. प्रेनितकुमार पोखरेल

तीन वर्ष अघि नेपाल चिकित्सक संघको निर्वाचन समिक्षा गर्ने सिलसिलामा मैले लेखेको थिएँ रोक्न नसकिएको संस्थागत धाँदलीका कारण हामी हार्‍यौँ।

विडम्वना नै भन्नुपर्छ, तीन बर्ष पछिको निर्वाचनमा पनि यसपटक हामीले पूर्ववत पालामा हुने गरेकाधाँदली रोक्न सकेनौँ । यसपटक पनि हस्तक्षेपकारी भूमिकामा रहेनौं अनि प्रतिफल फेरि भोग्यौँ ।

मत प्रतिशत घटायौँ आफ्नौ अनि आन्तरिक एकतामा ठूलो ह्वाङ्ग देखायौँ । यति सबका वावजूद पनि हामी जियौँ ।

राष्ट्रिय चिकित्सक संघ वैचारिक र दृष्टीकोणका आधारमा सवल र खारिएर गयो । ऐतिहासिक पार्टी एकता पछि कस्तो होला चिकित्सकको संगठन र नेतृत्व भन्ने मूल मुद्धालाई यस निर्वाचनले गति दियो ।

देशभरि छरिएर रहेका वामपन्थी विचारधाराका विशेष गरि युवा चिकित्सकहरुलाई प्रगतिशील विचार वोकेको राष्ट्रिय चिकित्सक संघले ढिलो चाँडो स्वास्थ्य क्षेत्रमा परिवर्तनकारी शक्तिको रुपमा आफुलाई उभ्याउँछ भन्ने आभाष दिलाउन सफल भयौँ ।

राष्ट्रिय चिकित्सक संघ गठन ताका अहम भूमिका खेल्नु भएका एकाध साथिहरुको सांगठनिक पद्दति र वैचारिक स्खलन उजगार हुनु आउदो दिनमा संगठन सशक्तिकरण र सुद्धीकरणका निम्ति कोशेढुगाँ सावित हुने छन् । महिनौ चलेको पट्यारलाग्दो निर्वाचनमा संगठन गतिशिल भएर होमिदा नयाँ जोशहरु थपिनु पक्के पनि भविष्यको लागि सुखद हो ।

संगठनवाहिर रहेर चिकित्सकका हक हितका लागि लडिरहनु भएका सक्षम र अनुभवि साथिहरुको सरगम थियो पेशागत समावेशी समूह । यिनै समूहमा रहनुभएका र पूर्वरत गतिविधिहरुमा त्यति साह्रो संगठनमा हिचमिच नरहुनभएका साथीभाई आज राष्ट्रिय चिकित्सक संघसंग आवद्ध हुनुभएको छ ।

संंघका गतिविधिहरुमा सक्रिय उपस्थिति जनाउने प्रण गर्नु भएको छ । अनि चट्टानसरह अडिग भै संगठनको पद्धति पछ्याउदै स्वास्थ्य क्षेत्रमा परिवर्तनका संवाहक वन्ने अठोट देखाउनुभएको छ ।

हामी वामपन्थीहरु सर्वहारावर्गको अधिनायकत्वमा विश्वास गर्छाैं । माथि खुला आकाश र तलको जमिन हाम्रो जीतका पथ हुन् । हामी सधै परिवर्तन् र अग्रगमनका पक्षधर हो । तसर्थ हामीलाई गुमाउन केहि छैन ।

करोडौको त्यो वागवजारको भौतिक संरचना कब्जा मात्र हाम्रो लक्ष्य हुदो हो त हामी हार संगै विक्षिप्त भएका दोषरोपण र व्यक्तिगतद्वेष ओकलिरहेका हुने थियौँ ।

हाम्रो लक्ष्य नेपालमा कार्यरत सम्पूर्ण चिकित्सकहरुको हक हितको पक्षपोषण, चिकित्सा सेवामा वढि रहेको असुरक्षालाई निर्मूलीकरण गरेर सुरक्षित पेशाको प्रतिवद्धता अनि आर्थिक बृद्धिदरको अनुपातमा कम रहेको चिकित्सको तलब तथा सेवा सूविधा बृद्धिलाई प्राथमिकतामा राखेर “सुरक्षित पेशा खुशी चिकित्सक” अभियानमा अझ् सशक्त र संगठित भएर लाग्ने नै हो ।

वामपन्थीहरु क्षणिकको लाभ हेर्दैनन् । दूरको फाइदामा हाम्रो लक्ष्य हुनेछ । स्वास्थ्यको एकिकरण पछि बन्ने चिकित्सकहरुको एउटै संगठनले अझ वढि जनताका छोराछोरीलाई गोलवन्द गर्ने छ । नेपाली चिकित्सक नेपाली जनताका छोरा छोरी भन्ने मूलभुत मर्मको व्याख्या गर्दै स्थापित राष्ट्रिय चिकित्सक संघ आउने दिनमा अझ नेपाली चिकित्सकहरुको मनमा वस्ने छ ।

२०४६ सालको परिवर्तन पछि चिकित्सा शिक्षामा जनताका छोरा छोरीहरुको विस्तारै उपस्थिति वढिरहेको छ । चिकित्सा शिक्षामा विद्यमान नाफाखोरीकरण, असन्तुलित व्यापार र चर्काे मूल्यको विकल्पमा राज्य र सहकारी मोडलका नयाँ मेडिकल कलेजहरु सञ्चालनमा आउने छन् जसमा जनताका छोरा छोरीहरुको आधारभुत पहुच वढ्ने छ र हाम्रो संगठनको साँगठनिक संरचना वढ्नेछ ।

कम्युनिज्म विचार हो, अन्याय र अत्याचारको विरोध हो, समतामुलक र न्यायमुलक समाजको परिकल्पना हो । पेशागत हक हितको ग्यारेण्टी, पेशाकर्मी सूरक्षाको प्रत्याभूति अनि पेशागत दक्षता र ज्ञानमा अभिवृद्धी हो । मुखमा माओवाद परिवर्तनवादका विचार जपेर व्यवहारमा वामपन्थी समर्थित उम्मेद्वार हराउने कृयाकलाप हो र दक्षिणपन्थ र अवसरवादी चरित्रको अनूपम उदाहरण हो ।

नेपालमा विद्यमान मेडिकल कलेजका सञ्चालकहरु अनि चिकित्सा शिक्षा सुधारका अभियन्ताको प्रतिनिधि बनेर वार्ता टोलीमा संलग्न चिकित्सकहरु एउटै समूहमा गोलवन्द भएर हामीलाई हराउन लागिपर्नुले पनि पुष्टि गर्छ वैचारिक रुपले हामी कति स्पष्ट र पेशागत हितका लागि अडिग छौं भनेर ।

यस निर्वाचनमा वामपन्थी समर्थित प्यानललाई जिताउन अहोरात्र खटिनु भएका आदरणिय चिकित्सकहरु हाम्रो हार मतपेटीका मात्र हो । गलत परिपाटि र संस्कारलाई सबैको सामू उजागर गरेर हामी देशभरका चिकित्सकका हृदयमा बस्न सफल भएका छौं । आधा दशक पनि स्थापनको इतिहास नभएको हाम्रो संगठनले सातौं दशक मेडिकल राजनितिमा एक क्षत्र राज गरेको एक समुहलाई नराम्ररी हल्लाउन सफल भयो ।

विदाको दिन एक घण्टाको दौरान २५ लाख नगद हामीले दवाव दिएर नेपाल चिकित्सक संघको कोषमा दाखिला गर्न सफल भयौं । हामीलाई चिकित्सकहरुले मत नदिएर एउटा सन्देश के दिनु भयो भनेअगामी दिनमा पेशाकर्मीहरुसंग प्रत्यक्ष जोडिएर वहाहरुको सुख दुःखमा साथी वनेर निरन्तर रुपमा हक हितको लागि लडिरहने प्रेरण दिनु भएको छ । अब जित्नलाई संसार छ, आजवाट नै प्रण गरौं दाजु रन्जीतको गीतमा भने झैँ ‘हामी जित्नेछौँ…….!!!

# डा. पोखरेल राष्ट्रिय चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *