टेकु अस्पतालको आइसोलेसन वार्डमा एकजना भर्ना

काठमाडौँ, ५ फागुन । कोरोना संक्रमणको आशंकामा टेकु अस्पतालको आइसोलेसन वार्डमा एक जनालाई भर्ना गरिएको छ । चीनबाट फर्केका एक जना व्यक्तिमा ज्वरो आएपछि चिकित्सकहरुले आइसोलेसन वार्डमा भर्ना गरेका हुन् ।

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले हालैका दिनमा चीनबाट फर्केर आएका एक जना विद्यार्थीले आफूलाई ज्वरो आएको भन्दै परीक्षण गराउन आएको र त्यहाँ प्रारम्भिक परीक्षण गर्दा समेत ज्वरो आएपछि आइसोलेसन वार्डमा राखिएको उनले जानकारी दिए ।

‘यो ठूलो समस्या होईन । हामीले सम्भावित जोखिम न्युनिकरण गर्न भर्ना गरेका हौँ । आज भर्ना गरेर परीक्षणका लागि थ्रोट स्वाब दिएका छौँ । त्यसको रिपोर्ट पछि डिस्चार्ज गर्ने वा थप राख्ने भन्ने निर्णय गर्दछौँ,’ उनले भने ।

क्वारेन्टाइनमा राखिएका १७५ जनामा स्वास्थ्य समस्या छैन्

चीनको हुवेई प्रान्तबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा अहिलेसम्म स्वास्थ्य समस्या देखिएको छैन् । ‘काठमाडौँ ओर्लिएको ३६ घण्टा बित्यो तर उहाँहरुमा कुनै त्यस्तो समस्या वा लक्षण देखिएको छैन् । यो निकै खुशीको कुरा हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले भने ।

नेपाल बायुसेवा निगमको वाइडबडी विमान मार्फत उनीहरुलाई शनिबार राती वुहानबाट उद्धार गरेको थियो । उनीहरुलाई लिएर आएको विमान हिजो विहान ३:३८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलमै सामान्य स्वास्थ्य परीक्षण पछि उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा लगिएको थियो । उनीहरु कम्तिमा १४ दिन रहनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *