नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. ज्ञवालीद्धारा पदवहाली

काठमाडौँ, १ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त सदस्य सचिव डा प्रदीप ज्ञवालीले पदवहाली गरेका छन् । विहीबार दिउसो परिषद् मा पुगेर उनले पदवहाली गरेका हुन् । उनलाई अध्यक्ष डा अञ्जनीकुमार झा र उपाध्यक्ष डा भोजराज पोखरेलले स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै डा ज्ञवालीले स्वास्थ्य अनुसन्धानको क्षेत्रलाई थप व्यवस्थित बनाउने आफ्नो योजना रहेको बताए । ‘स्वास्थ्यमा अनुसन्धान भइरहेका छन् । तर अनुसन्धानको पाटोलाई बैज्ञानिक ढंगले व्यवस्थित गर्ने काम अलि भैरहेको छैन् कि जस्तो लाग्छ । मेरो ध्यान त्यसतर्फ केन्द्रीत हुनेछ,’ उनले भने ।

डा ज्ञवालीले स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्यको वैज्ञानिक जन्माउने थलो हो भन्दै यसलाई अन्तराष्ट्रिय करण गर्नु आजको आवश्यकता भएको बताए ।

‘अन्यत्र यस्तो परिषद् स्वास्थयको प्रवक्ता जस्तै हो, स्वास्थ्यसंग सम्वन्धित कुरा आयो कि अनुसन्धान परिषदको राय लिने चलन छ । तर हामीकहाँ त्यस्तो चलन अझै बसिसकेको छैन् । म त्यो चलन बसाउन पहल गर्छु,’ उनले अनुसन्धान परिषदको विकासका लागि अल्पकालिन र दीर्घकालिन योजना बनाएर अघि बढने बताए ।

परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारीले नेपालको स्वास्थ्य अनुसन्धानमा क्लिनिकल पाटोको सहभागिता तथा अवसर अलि कम देखिएको भन्दै अबका दिनमा क्लिनिकल रिसर्चलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले मुलुक संघीयतामा गईसकेपनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को वीङ केन्द्रीकृत रहेको भन्दै संघीय संरचनामा बदल्न समेत बाँकी रहेको बताए ।

परिषदका अध्यक्ष डा अञ्जनीकुमार झाले कार्यकारी भूमिकामा रहँदा आफूले गरेका काम तथा उपलव्धी बारे जानकारी दिएका थिए ।
गत २७ माघमा बसेको मन्त्रिपरिषदको बैठकले करीब १ बर्षदेखि रिक्त सदस्य पदमा डा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सो बैठकले अध्यक्ष डा झाको कार्यकारी अधिकार सदस्य सचिव डा ज्ञवालीमा सार्ने निर्णय समेत गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *