बिमस्टेक कार्यदलको तेस्रो बैठक काठमाडौँमा शुरु

काठमाडौँ, २१ माघ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को सम्मेलनले तय गरेको परम्परागत औषधि तथा बैकल्पिक उपचार पद्धतीका विषयमा अध्ययन गर्न गठित कार्यदलको तेस्रो बैठक राजधानीमा शुरु भएको छ ।

दुई दिनसम्म चल्ने उक्त बैठकमा नेपाल सहित विमस्टेकका सदस्य राष्ट्रहरु भारत, श्रीलंका, भुटान, म्यानमार, थाइल्याण्ड र बंगलादेशका परम्परागत तथा बैकल्पिक उपचार सम्वन्धी विज्ञहरुको सहभागिता छ ।

मंगलबार बैठकको उदघाटन गर्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बढदो क्रममा रहेको नसर्ने रोगको उपचार तथा रोकथामका लागि बैकल्पिक उपचार पद्धती प्रभावकारी भएको बताए । उनले खानपान र जीवनशैलीमा ध्यान दिनका लागि बैकल्पिक तथा परम्परागत चिकित्सा पद्धतीको विशेषता रहेको भन्दै यसको प्रवर्धन गर्नुपर्ने बताए ।

उनले नेपालको जैविक विभिदतामा बैकल्पिक चिकित्सा पद्धती प्रर्वर्धन गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव खगराज बरालले परम्परागत तथा बैकल्पीक चिकित्सा पद्धती आफैमा बैज्ञानिक भएको भन्दै यसलाई प्रयोगमा ल्याउन सके धेरै नसर्ने रोग निको हुने बताए ।

कार्यक्रममा नीति योजना महाशाखा प्रमुख विकास देवकोटाले सहभागीहरुलाई स्वागत गर्दै बैठकको निर्षक नयाँ योजनाका लागि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा विमस्टेकका क्षेत्रीय निर्देशक चिमि पेमले बैठकको एजेन्डाबारे प्रष्ट पारेकी थिइन ।

बैठकमा नेपालको टोलीको नेतृत्वको आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले गरेका छन् । बैठक भोलिसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *