मास्क, ग्लोव्स र सेनिटाइजर मौज्दात राख्न विभागको आग्रह

132
Shares

काठमाडौँ, १९ माघ । औषधि व्यवस्था विभागले मास्क, ग्लोक्स र ह्याण्ड सेनिटाइजर जस्ता बस्तुहरुको निर्यात नगर्न व्यावसायीहरुलाई आग्रह गरेको छ ।

चीन सहित विभिन्न मुलुकमा नयाँ कोरोना भाइरसको संक्रमण बढी रहेका बेला नेपाली बजारबाट मास्क ग्लोव्स र ह्याण्ड सेनिटाइजरको अभाव हुन थालेको भन्दै ती बस्तुहरुको निर्यात नगर्न आग्रह गरेको हो ।

विभागले ती बस्तुहरुको मौज्दात कायम राख्न, मूल्य नबढाउन, तथा देशभर उपलव्ध गराउन समेत सप्लायर्ससंग आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *