मास्क, ग्लोव्स र सेनिटाइजर मौज्दात राख्न विभागको आग्रह

काठमाडौँ, १९ माघ । औषधि व्यवस्था विभागले मास्क, ग्लोक्स र ह्याण्ड सेनिटाइजर जस्ता बस्तुहरुको निर्यात नगर्न व्यावसायीहरुलाई आग्रह गरेको छ ।

चीन सहित विभिन्न मुलुकमा नयाँ कोरोना भाइरसको संक्रमण बढी रहेका बेला नेपाली बजारबाट मास्क ग्लोव्स र ह्याण्ड सेनिटाइजरको अभाव हुन थालेको भन्दै ती बस्तुहरुको निर्यात नगर्न आग्रह गरेको हो ।

विभागले ती बस्तुहरुको मौज्दात कायम राख्न, मूल्य नबढाउन, तथा देशभर उपलव्ध गराउन समेत सप्लायर्ससंग आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *