एक बर्ष भित्र स्वदेशी औषधि उद्योगले विशेष सहुलियत पाउनेछन् : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १६ माघ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले स्वदेशी औषधि उद्योगलाई प्रवर्धन गर्न सरकारले विशेष सुविधा र सहुलियत दिने बताएका छन् । उनले औषधिको परनिर्भरतालाई घटाउदै मुलुकलाई आत्मनिर्भरता तर्फ उन्मुख गर्न सरकारले स्वदेशी औषधि उत्पादकलाई विशेष सहुलियत दिने बताएका हुन् ।

विहीबार देउराली जनता फर्मास्यूटिकल्सको २९ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा मन्त्री पोखरेलले भने, ‘अरु देशमा बनेका औषधि आयात गर्दा सुविधा दिइने तर नेपालमै औषधि उत्पादन गर्नेलाई चाहि अनेक झन्झट ? यो हुनै सक्दैन् । हाम्रो सरकारको नीति त्यो हुँदै होइन । केही कन्फ्युजन छ भने पनि अब सच्चिन्छ । स्वदेशी औषधि उद्योगका लागि विशेष सुविधा थपिन्छ । अर्को बर्ष बार्षिकोत्सव मनाउँदा तपाईँहरुलाई यी गुनासा गर्नु पर्ने छैन ।’

कार्यक्रममा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न स्वदेशी उद्योगको प्रवर्धन गर्न जरुरी रहेको बताए ।

‘नेपालले ११ अर्वको पाम ओएल भारतमा निर्यात गर्दा भारतीय कम्पनीहरुले असर परयो भन्दै उजुरी गरे भारत सरकारले नेपालको पाम ओएल बन्द आयातमा प्रतिवन्ध लगायो । तर बार्षिक ४० अर्व बढीको औषधि भारतबाट नेपालमा आउँछ । नेपाली उद्योगहरुलाई कति असर परेको होला । सरकारले भने सुनेको नसुन्यै गर्छ,’ शर्माले भने ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाल औषधि उद्योगले सिधै चीनबाट कच्चा पदार्थ आयात गर्न सके सजिलो र सुलभ हुने बताए ।

कार्यक्रममा कम्पनीमा दीर्घ सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *