चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

624
Shares

एजेन्सी । चीनमा नयाँ कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या १३२ पुगेको छ । बुधबार विहानसम्म भाइरसबाट निमोनियाको संक्रमणमा पर्नेको  संख्या ५ हजार ९७४ पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले भनेका छन्, सन् २००२-०३ मा देखिएको सार्स रोगको महामारी भन्दा नयाँ कोरोना भाइरसको संक्रमण झनै खतरापूर्ण रुपमा अघि बढेको छ । त्यसबेला सार्सले विश्वभर ६०० जनाको ज्यान लिएको थियो । सो रोगबाट ९ महिनाको अवधीमा चीनमा ३४९ जनाको मृत्यु भएको थियो ।

चिनियाँ सरकारी अधिकारीहरुले नयाँ कोरोना भाइरसको शुरुवात भएको हुवे प्रान्तमा मात्रै ८४० वटा नयाँ केश भेटिएको पुष्टी गरेका छन् । उनीहरुले यो भाइरसबाट भएको कुल मृत्युमध्ये १२५ जना हुवे प्रान्तकै भएको बताएका छन् ।

अहिले त्यस प्रान्तका ३ हजार ३ सय बढी संक्रमित विरामी अस्पतालमा भर्ना भएको र ५९ हजार ९९० हजार बढीलाई अव्जरभेसनमा राखिएको उल्लेख सरकारी तथ्यांकमा उल्लेख छ ।

अहिलेसम्म कहाँ कति ?
देश             कुल केश                   मृत्यु
चीन              ५९७४                        १३२
हंङकंङ             ८                            –
मकाउ                ७                            –
ताइवान                  ७                       –
एसियाका अन्य मुलुक  ४१           –
युरोप                               ४              –
उत्तर अमेरिका             ६              –
अस्ट्रेलिया                      ५             –

सरकारी अधिकारीहरुले नयाँ कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको बताएका छन् । उनीहरुले यसबाट प्रभावित हुनेहरु बढी जसो ६० बर्ष माथिका भएको समेत जानकारी दिएका छन् ।

यसैबीच नयाँ कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुवे प्रान्तको वुहान शहरका लागि तरकारीको राजधानी मानिने सान्दुहाङ प्रान्तले ३५० टन तरकारी तथा फलफुल डोनेसन गरेको छ । उसले अझै केही दिन दैनिक ६ सय टन फलफुल तथा सागपात डोनेसन गर्ने जनाएको छ ।

वुहान शहरमा अहिले रोग फैलिन नदिन सारा बजार बन्द जस्तै गरिएको छ । त्यसले त्यहाँका दैनिक बासिन्दाको जनजीवन कष्टकर बनेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *