‘अस्पतालको सेवा र व्यवस्थापनमा ध्यान दिऔँ’ : स्वास्थ्य राज्यमन्त्री रावत


भरतपुर, २० पुस । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारी अस्पतालबाट नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालको आज निरीक्षणपश्चात् उनले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउनुपर्ने बताए ।

उनले भने, “सबै नागरिकले अस्पताल आएपछि सर्वसुलभरुपमा उपचार पाउनुपर्छ, नागरिकले राज्यको अनुभूति पाउनेगरी काम गर्नुहोस् ।” उनले सेवा र व्यवस्थापकीय पक्षमा ध्यान दिन चिकित्सक तथा कर्मचारीलाई आग्रह गरे । “ऐन नियमले असहजता भए, संस्थागतरुपमा आउनुहोस्, तर त्यो जनताका पक्षमा हुनुपर्छ”, उनले भने ।

अस्पताल सुधारका लागि चिकित्सक, स्वास्थ्यकर्मी र सबै कर्मचारी खटिनुपर्नेमा उनले जोड दिए । राज्यमन्त्री रावतले अस्पतालको सुधारका लागि प्राथमिकताका आधारमा योजना बनाएर अघि बढ्न आग्रह गर्दै बजेटेको अभाव नहुने बताए । क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्य र भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *