नयाँ बर्षको अवसरमा ॐ हस्पिटलले ल्यायो ‘सर्जरी विशेष’ प्याकेज अफर

काठमाडौँ, १८ पुस । चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर ‘सर्जरी विशेष’ प्याकेज अफर अघि सारेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेन्टरले सर्जरी विशेष प्याकेज अफर अघि सारेको हो ।

प्याकेज अन्तर्गत अस्पतालले दुई किसिमका सर्जरी सेवा उपलव्ध गराउने भएको छ । पहिलो किसिमको प्याकेजलाई इन्टरमिडिएट सर्जरी भनिएको छ, जस अन्तर्गत मात्र ३२ हजार रुपैयाँमा शल्यक्रिया गराउन सकिने बताइएको छ ।

दोस्रो प्याकेजमा प्याकेज अन्तर्गत भने मेजर सर्जरी समावेश गरिएको छ । यस प्याकेज अन्तर्गत ३६ हजार रुपैयाँमा सर्जरी गराउन सकिने बताइएको छ ।

प्याकेजमा ल्यापरोस्कोपिक बिधि बाट (दुरबिनको प्रयोगबाट) पित्त थैलीको पत्थरी, एपेन्डिक्स लगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको शल्यक्रिया समेत समावेश गरिएको छ । यसको साथमा ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल,फिस्टुला आदि सर्जरीहरु समेत समावेश रहेका छन् ।

सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र डाक्टरको कन्सल्टेशन चार्ज समेत समेटिएको यस प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताए । क्याबिन खाली नरहेको अवस्थामा भने बिरामीले जनरल बेडमा बस्नु पर्ने उनको भनाई छ ।

प्याकेज अफर यही २०७६ साल पुस १९ गते देखी पुस २९ गतेसम्म लागू हुने समाचारमा जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *