पाल्पा र स्याङ्जामा कान्तिपुर डेन्टलको स्वास्थ्य शिविर

स्याङजा, १५ पुस । पाल्पा र स्याङजाको दुईवटा स्थानमा भएको निशुल्क मुख स्वास्थ्य शिविरमा ५४९ जना स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन् । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल काठमाडौँ र कान्तिपुर डेन्टल अस्पतालबाट खटिएको चिकित्सक तथा डेन्टल हाइजिनिसको टोलीले गत शनिबार र सोमबार क्रमश पाल्पा र स्याङ्जामा शिविर सञ्चालन गरेको थियो ।

पाल्पाको बगनासकाली गाउँपालिका दर्लमडाँडामा गत शनिबार भएको स्वास्थ्य शिविरमा २६४ जनाले मुख तथा दन्त स्वास्थ्य परीक्षण गराएका थिए । यस्तै सोमबार ( हिजो) सोही टोलीले स्याङजाको कालिगण्डकी गाउँपालिका मिर्मीमा अर्को शिविर आयोजना गरेको थियो । सो शिविरमा २८५ जना स्थानीयले स्वास्थ्य परीक्षण गराएका केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।

उनका अनुसार शिविरमा डेन्टल चेकअप, स्केलिङ, दाँत निकाल्ने, दाँत भर्ने र मुख तथा दन्त स्वास्थ्य सम्वन्धी प्रशिक्षण दिने काम भएको थियो ।

शिविरका लागि कान्तिपुर डेन्टल हस्पिटल पोखराबाट डा श्रृष्टिना होना, डा भावना पौडेल, डा श्रृष्टी नापित सहित १० जना डेन्टल हाइजिनिसको टोली खटिएको थियो । यता काठमाडौँबाट डा श्रेष्ठ सहित ३ जनाको टोली खटिएको थियो ।

यसैबीच मुख स्वास्थ्य क्षेत्रमा विगत २२ बर्ष देखि निरन्तर योगदान पुर्याएको भन्दै केडीसीका अध्यक्ष डा श्रेष्ठलाई पाल्पाको दर्लमडाँडामा सम्मान गरिएको छ । सम्मान पछि डा श्रेष्ठले सेवा गर्ने दायित्व अझ बढेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *