खटाएको ठाँउमा जान नमान्ने चिकित्सकको सूची तयार गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ६ पुस । नियमत सरकारको छात्रबृत्तिमा अध्ययन् गर्ने चिकित्सकले अध्ययन पछि सरकारले खटाएको ठाँउमा गई दुई बर्ष सेवा दिनु पर्छ । यो अध्यय्न गर्नु अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग कबुलियत (बोन्ड) गरिएको हुन्छ । तर पछिल्लो समयमा मन्त्रालयले छात्रबृत्तिकै चिकित्सकलाई तोकिएको ठाँउमा खटाउन सकेको छैन् ।

‘सरकारसंग कबुलियतनामा गरी अध्ययन्मा जाने र सकेपछि खटाएको ठाँउमा जान अटेरी गर्ने चिकित्सकको नाम अब सार्वजनिक नगरी नहुने अवस्थामा पुगिएको छ,’ स्वास्थ्य सचिव खगराज बरालले भने । उनले अहिले खटाएको ठाँउमा जान नमान्ने चिकित्सकहरुको सूची तयार गर्ने प्रक्रिया समेत अघि बढाएको सुनाए ।

‘पढाईअघि नै सरकारसंग बोन्ड गर्नुपर्छ । पढाई सकिएपछि दुई बर्ष खटाएकै ठाँउमा जान्छु भनेर तर आईसकेपछि विभिन्न बहाना गरी जान मान्दा रहेनछन् । स्वास्थ्य मन्त्रालयको यो पनि गम्भीर समस्या रहेछ,’ चार महिना अघि स्वास्थ्य मन्त्रालयमा आएका सचिव बरालले भने ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटाले उपत्यका बाहिर चिकित्सक खटाउन साच्चिकै समस्या भएको बताए । ‘कागजमा चाहि हुन्छ तर बास्तविक रुपमा हुँदैन,’ डा देवकोटाले उदाहरण दिदै भने, ‘डडेल्धुरा अस्पतालमा २० जना चिकित्सक कबुलियत गरेका छन् तर ८ जना पनि पुगेका छैनन् । डडेल्धुराको मात्रै होइन अन्यत्र पनि यस्तो समस्या छ ।’

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिकित्सकहरुको एकिन विवरण संकलन गर्ने कार्यलाई अघि बढाएको बताएका छन् ।

‘तलव चाहि खनखनी गनेर दिनुपर्ने तर अस्पतालले आफूकहाँ कति चिकित्सक कार्यरत छन् भनेर भन्न नसक्ने अवस्था रहेछ । यो एक खालको भद्रगोल हो । यसलाई मैले समेल्छु नै । मैले सबै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुको एकीन विवरण माग गरिसकेको छु । त्यसपछि के गर्ने निर्णय गर्छु,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *