एक बर्ष भित्र धूमपान मुक्त शहर बन्दै काठमाडौँ महानगर !

काठमाडौँ, ३ पुस । अबको एक बर्ष भित्र काठमाडौँ महानगरलाई धूमपान मुक्त शहर बनाउने घोषणा गरिएको छ । नसर्ने रोगको बढ्दो जोखिमलाई कम गर्न र काठमाडौँलाई संसारकै स्वस्थ शहर (हेल्दी सिटी) को सूचीमा उभ्याउने योजना अनुरुप महानगरलाई धूमपान मुक्त बनाउने घोषणा गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सन् २०२० को डिसेम्वर सम्ममा धूमपानमुक्त महानगरको रुपमा संसारभर चिनाउने प्रतिवद्धता जनाएका छन् ।

यो प्रतिवद्धता यत्तिकै आएको भने होइन । व्लुम्बर्ग फिलान्थ्रोपिक तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा भाइटल स्ट्राटेजिक परियोजना अन्तरगर्त काठमाडौँलाई हेल्दी सिटीको रुपमा विकास गर्न लागिएको छ । सोही परियोजना अन्तरगर्त महानगरले काठमाडौँलाई धूमपानमुक्त शहर बनाउने प्रतिवद्धता जनाएको हो ।  काठमाडौँ महानगर र यो परियोजनाबीच तीन बर्ष अघि देखि नै सहकार्य भई रहेको छ ।

काठमाडौँ मात्रै होइन सो परियोजनाले संसारका विभिन्न ७० वटा शहरलाई हेल्दी सिटीको रुपमा विकास गर्दैछ भने एसियाली मुलुकका २१ वटा शहर छनौटमा परेका छन् ।

शुक्रबार परियोजना नविकरण गर्ने क्रममा काठमाडौँका मेयर शाक्यले महानगरलाई सन् २०२० को डिसेम्बरसम्ममा धूमपान मुक्त गर्ने प्रतिवद्धता जनाएका हुन् ।

जन स्वास्थ्यका लागि कडा कदम चाल्न आवश्यक भईसकेको छ । त्यसैले महानगरलाई धूमपानमुक्त शहर बनाउने प्रतिवद्धता जनाउँछु । यसअघि मेयर शाक्यले सोही परियोजना अन्तरगर्त महानगरले सन् २०१७ र २०१८ मा धूमपानले जनस्वास्थ्यमा पार्ने असरका बारेमा व्यापक जनचेतना फैलाएको समेत दावी गरेका थिए ।

व्लुम्बर्ग फिलान्थ्रोपिकका जनस्वास्थ्य संयोजक डा केली हेनिङले काठमाडौँको प्रतिवद्धता प्रति खुशी व्यक्त गरिन । उनले शहरीकरणसंगै तिब्र गतिमा बढी रहेको नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि बनेका कानून कार्यान्वयन गर्नु आवश्यक रहेको बताइन ।

पछिल्लो सर्भेक्षण अनुसार काठमाडौँको शहरी क्षेत्रमा धूमपान प्रयोग गर्ने बयस्क ३७ प्रतिशत र ग्रामिण क्षेत्रमा ६८.४ प्रतिशत रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्……..

काठमाडौँलाई ‘हेल्दी सिटी’को रुपमा विकास गरिदै

काठमाडौँलाई सूर्तिजन्य पदार्थमुक्त शहर बनाउने अभियानमा महानगरपालिका

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *