काठमाडौँलाई ‘हेल्दी सिटी’को रुपमा विकास गरिदै

काठमाडौँ, १५ कात्तिक । धूलो, धूँवा र प्रदुषणको चपेटामा परेको काठमाडौँ महानगरले अबको डेढ बर्ष भित्र आफूलाई संसारकै स्वस्थ शहर(हेल्दी सिटी)को सूचीमा उभ्याउने तयारी गरेको छ ।

व्लुम्बर्ग फिलान्थ्रोपिक तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा भाइटल स्ट्राटेजिक परियोजना अन्तरगत काठमाडौँलाई हेल्दी सिटीको रुपमा विकास गर्न लागिएको हो ।

काठमाडौँ मात्रै होइन सो परियोजनाले संसारका विभिन्न ५० वटा शहरलाई हेल्दी सिटीको रुपमा विकास गर्दैछ भने एसियाली मुलुकका १४ वटा शहर छनौटमा परेका छन् ।

काठमाडौँ हेल्दीसिटी परियोजनाका टेक्निकल एडभाइजर एवं जनस्वास्थ्य कार्यालय प्रमुख काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले काठमाडौँलाई काठमाडौँ महानगरपालिका हेल्दी सिटीको रुपमा विकास गर्ने कार्य अघि बढेको बताए ।

‘संसारका ५० वटा शहर स्वस्थ शहरको रुपमा परिणत गर्ने ब्लुम्बर्ग फिलान्थ्रोपिक र डव्लुएचको परियोजनामा काठमाडौँ महानगरपालिका समेत छनौट भएको छ । अब सम्झौँताको काम मात्रै बाँकी छ,’ उनले भने,’सम्झौँता भएपछि सीड मनिको रुपमा एक लाख डलर रकम समेत प्राप्त हुनेछ । र यो परियोजना नसर्ने रोगको जोखिम कार्यमा केन्द्रीत हुनेछ ।’

श्रेष्ठले स्वस्थ शहर परियोजना लागूभएको १८ महिना भित्र काठमाडौँ महानगरपालिकामा धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोग ८५ प्रतिशतले कमी हुने बताए ।

‘हामीले धूमपान तथा सूर्तिजन्य पर्दाथ नियन्त्रणलाई मुख्य टार्गेट गरेका छौँ । नसर्ने रोगको जोखिम घटाउने र शहर स्वस्थ राख्ने लक्ष्यका लागि यो धूमपानलाई नियन्त्रण गर्ने कार्य अनिवार्य हुन्छ’ श्रेष्ठले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “काठमाडौँलाई ‘हेल्दी सिटी’को रुपमा विकास गरिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *