नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर, गरिबका लागि बरदान

धनवीर महतो

गौशाला, १ पुस । पित्त थैलीको पथरी एवं पाठेघरको समस्याले वर्षौंदेखि पीडित रहेकी महोत्तरी, रामगोपालपुर–८ विर्ताकी ५५ वर्षीया सावित्रीदेवी ठाकुर आज एकाबिहानै सोनमा गाउँपालिका–३ स्थित खखनामा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविर स्थलमा पुगिन् ।

शारीरिकरुपमा अशक्त एवं रोगबाट थाला परेकी ठाकुर टेम्पु रिजर्भ गरी आफ्ना ६५ वर्षीय श्रीमान् यदुनन्द ठाकुर वरहीसँग नेपाली सेना र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा संयुक्तरुपमा यहाँ आयोजित वृहत् निःशुुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगिन् ।

सावित्रीको उपचारमा सहयोगीको रुपमा आउनुभएका उनका श्रीमान् ठाकुरले एकाबिहानैदेखि सहयोगीको रुपमा शिविरस्थलमा खानपिनको व्यवस्थापनमा जुटाएका थिए । ठाकुरले भने, “हामीजस्ता गरिब समुदायका लागि यस्ता शिविरले धेरै नै लाभदायक भूमिका निर्वाह गरेका छन् । गाउँका एकजना साथीको पुरानो पथरीको उपचार यसै शिविरबाट गराउँदा उनको स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधारोन्मुख भएपछि आफू पनि श्रीमतीलाई लिएर उपचार गराउन यहाँ आएको छु ।” आर्थिकरुपमा विपन्न रहेको यदुनन्दले भने, “गाउँकै एकजना साहुसँग रु ५० हजार ऋण लिएर नेपाल र भारतका विभिन्न स्वास्थ्य संस्थामा गई उपचार गराउँदासमेत स्वास्थ्यमा सुधार आउन सकेन । केही दिन अगाडि सीतामढीका एक क्लिनिकमा १२ हजार भारु र जनकपुरमा रु ३० हजार श्रीमतीको उपचारमा खर्च गरेपनि सन्तोषजनक रुपमा स्वास्थ्यमा सुधार हुन सकेको छैन ।”

गौशाला नगरपालिका–५ कि कौशिल्या मेस्तरले पनि सोही शिविरबाट आफ्ना १९ वर्षीय छोरा पिन्टुकुमार मल्लिकको उपचार गराएर घर फर्किएका हुन् । मानसिक रोगीका शिकार रहेका छोरा पिन्टुको उपचारमा लाखौँ खर्चिएता पनि कुनै सुधार नआउँदा एकपटकका लागि सो शिविरबाट औषधि सेवन गर्न लगाइएको कौशिल्याले बताइन् ।

हामी जस्ता गरिब र विपन्न जनताका लागि नेपाली सेनााले निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उनले बताइन् । उनले भनिन्, “तीन दिनको औषधि सेवनले छोरालाई क्रमिकरुपमा सुधार हुँदै आएको छ । पहिले पहिले राति रातिमा उठेर भाग्ने छोरा अब रातिको समयमा मस्त निन्द्रामा सुत्ने गर्दछन् ।”

स्त्री रोगबाट पीडित रामगोपालपुर नगरपालिकाका विष्णुराम पनि आफ्नी श्रीमतीको उपचारका लागि शिविरस्थलमा लाइनमा लागेको भेटिए । आफ्नी ३० वर्षीया श्रीमती देवुदेवी रामको प्रसूूति सम्बन्धी पुरानो रोगको उपचारका लागि हजाराँै खर्चिएको तर निको हुन नसक्दा शिविरमा उपचारका लागि आएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयको ७० लाख, पूर्वस्वास्थ्य राज्यमन्त्री एवं महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्रकुमार यादव एवं स्थानीय तहको सहयोगमा सञ्चालित सो निःशुल्क शिविरमा अहिले महोत्तरी, धनुषा, सर्लाही, सिन्धुलीका गरिब समुदायका बिरामी उपचारका लागि आउने गरेका छन् ।

वर्षौदेखि उपचारमा हजारौँ रकम खर्चिएता पनि उपचार सम्भव नभएपछि अहिले हजारौँको सङ्ख्यामा पीडित उपचारका लागि शिविरमा आउने गरेको शिविर आयोजक समितिका प्रवक्ता अशोककुमार यादवले बताए । उनले भने, “ उपचारका लागि आउने बिरामीका लागि दर्तादेखि औषधिसम्मको निःशुल्क व्यवस्था भएपछि शिविर स्थानीयवासीको पहिलो रोजाइ बन्न सफल भएको छ । यहाँको सामुदायिक स्वास्थ्य संस्थामा आवश्यक मात्रा चिकित्सक एवं प्राविधिकको व्यवस्था नहुनु एवं निजी स्वास्थ्य संस्थामा हजाराँै रकम खर्च भएपछि बाध्यतावश यहाँका सर्वसाधारण वर्षौंदेखि बिरामी पाल्न बाध्य भएका छन् ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्षेनी यस्ता बृहत् स्वास्थ्य शिविरका लागि रु एक करोड रकम छुट्याउँदै आएकोमा यस वर्ष महोत्तरीको सोनमा गाउँपालिकामा शिविर राख्न सफल भएको पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले बताए । उनले भने, “विगतको समयमा आफूले उपचार गर्ने क्रममा यहाँ खास गरी दलित एवं गरिब समुदायका सर्वसाधारण पैसाको अभावमा रोग पालेर बस्न बाध्य भएको छ । जसलाई अन्त्य गर्नका लागि आफूले जनतासमक्ष गरेको वाचा पूरा गर्न पाएकोमा हर्षित छु ।”

शिविरले यहाँका सर्वसाधारणको स्वास्थ्यमा अहमं भूमिका निर्वाह गरिने शिविर आयोजक मूल समितिका संयोजकसमेत रहनुभएका डा यादवले जानकारी गराए ।

मुलुुकको समग्र स्वास्थ्य र शिक्षा क्षेत्रको सूूचाङ्कमा पछि परेका प्रदेश नं।२ का जनतालाई स्थानीय तहमै सहजरुपमा स्वास्थ्य सेवा पुु¥याउने उद्देश्यले सञ्चालित शिविरमा नवजात शिशुदेखि ९० वर्षसम्मका वयोवृद्धाले उपचार लिनुुभएको बताइएको छ । चार दिनको अवधिमा १० हजारभन्दा बढीले उपचार सेवा प्राप्त गर्नुुभएको सो शिविरमा प्रसूूति, बालरोग, दाँत, आकस्मिक सेवा, छाला, नाक, कान, घाँटी, छातीका साथै रेडियोलोजी, प्याथोलोजी, इको, इसिजी सेवा उपलब्ध रहेका छन् ।

गत मङ्सिर २७ गतेदेखि शुरु भएको सो बृहत् निःशुल्क स्वास्थ्य शिविर पुस ५ गतेसम्म सञ्चालन हुनेछ । २० हजार बिरामीको उपचार गरिने लक्ष्य शिविरले लिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *