स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे प्रदेश स्तरमा बृहत बहस

जनकपुर, २९ मंसिर । स्वास्थ्यमा सर्वव्यापी पहुँच अर्थात युनिभर्सल हेल्थ कभरेजबारे प्रदेश स्तरमा बहस प्रारम्भ भएको छ । यसको शुरुवात प्रदेश २ बाट भएको हो । युनिभर्सल हेल्थ कभरेज दिवसको अवसर पारेर शनिवार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्वास्थ्यमा सर्ववयापी पहुँच विषयक उच्च स्तरीय बहुक्षेत्रीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

स्वास्थ्यमा सबैको सर्वव्यापी पहुँच बढाउनको लागि भोर नामक संस्थाले प्रदेशलाई सशक्त बनाउन प्रदेश २ का बहुक्षेत्रीय सरोकारवाला निकायको सहभागितामा बहस गराएको हो ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचको मुद्धालाई संघीय सरकारले राष्ट्रिय स्तरमा राजनीतिक प्रतिबधता तथा नीतिगत सम्बोधन गरि सकेको छ । तर मुलुकमा संघीयता कार्यान्वयन शुरु भई प्रदेश सरकार तथा स्थानीय सरकारहरु गठन भई शासन संचालन भई रहेको २ वर्ष भन्दा पनि बढी बितीसक्दा पनि यस मुद्धाले प्रदेश तथा स्थानीय स्तरमा प्रवेश पाएको छैन ।

यस कारण प्रदेश सरकार तथा स्थानीय सरकारलाई सहयोग गर्न उक्त उच्च स्तरीय अन्तरक्रिया कार्यक्रम थालिएको जानकारी भोरका अध्यक्ष राज कुमार महतोले बताए ।

‘अहिले प्रदेश नं २ मा कार्यक्रम गरियो । अब विस्तारै अरु प्रदेशमा पनि यो कार्यक्रम लगिदै छ’ महतोले भने ।

अन्तरक्रिया कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, विश्व स्वास्थ्य संगठन प्रदेश २ का प्रादेशिक स्वास्थ्य अधिकृत रमेश यादव, सामाजिक विकास मन्त्रालयका डा. नवल किशोर झा, यूएनएफपिए प्रदेश २ प्रमुख डा. नरेन्द्र मिश्र, जानकी मेडिकल कलेजका प्राध्यापक डा. नन्द किशोर साह, युनिसेफ प्रदेश २ का स्वास्थ्य अधिकृत बेकी प्रसाई, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रिकुं गायत्री मिश्र गरी सात जना विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तिहरु प्यानलिस्टको रुपमा सहभागी थिए ।

कार्यक्रममा १७३ जना बहुक्षेत्रीय व्यक्तिहरुको सहभागीता रहको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *