‘स्वास्थ्यको समायोजन टुंग्याउन नीतिगत निर्णय आवश्यक’

गुनासो सुनुवाई समितिका संयोजक महेन्द्र श्रेष्ठसंग समायोजन मिलाईदिन आग्रह गर्दै एक स्वास्थ्यकर्मी

काठमाडौँ, २६ मंसिर । स्वास्थ्यकर्मीको समायोजन टुंग्याउन केही नीतिगत निर्णय जरुरी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयबाट गठन भएको कर्मचारी समायोजन गुनासो सुनुवाई समितिका संयोजक समेत रहेका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठले यस्तो बताएका हुन् ।

‘स्वास्थ्यमा ठूलो संख्या समायोजनमा गईसकेको छ । केही संख्या बाँकी नै छ । तर बाँकी रहेको कतिपय संख्यालाई मन्त्रालयले नीतिगत निर्णय गर्नुपर्छ । अन्यथा समायोजन पूर्ण रुपमा टुंगिदैन,’ उनले भने । श्रेष्ठले समायोजनले कतिपयलाई भौगोलिक रुपमा अप्ठेरो परेको, कतिपयको पद तथा पदनाममा गडबड भएको र कतिपयलाई स्थानीय तहबाट फर्काइएको बताए ।

‘काठमाडौँमा सबै बस्न खोजेका छन् , धनगढीमा सबै बस्न खोजेका छन् । कतिपयको बस्नै पर्ने पनि देखिन्छ तर पाइरहेका छैनन् । अर्को भनको कतिपयमा नीतिगत समस्या छ । पद घटेको छ । पदनाम घटेको छ । अथवा स्थानीयमा परेको छ उनीहरुलाई माथि पनि जानु परेको छ । यसलाई कसरी समाधान गर्ने ? अर्को भनेको स्वास्थ्यबाट पत्र लिएर हाजिर हुन गए तर पालिकाले फिर्ता गरिदियो । यस्ता कर्मचारी घन न घाटको भएको अवस्था छ । यसलाई पनि सम्वोधन गर्नु जरुरी छ,’ उनले भने ।

त्यसो त स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यसअघि नै समायोजनमा नीतिगत निर्णय गराएरै भएपनि टुंगोमा पु¥याउने बताएका थिए । उनले समायोजन गर्दा कर्मचारीको पद घटुवा नहुने स्पष्ट पारिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *