एन्टिबायोटिकको दुरुपयोग पशुपालनमा, असर मानवीय स्वास्थ्यमा

डा. केदार कार्की
वरिष्ठ पशु चिकित्सक

एन्टिबायोटिक औषधीहरुको उपयोग मानिसहरु एवं  पशुहरुमा जीवाणु संक्रमणको उपचारमा गर्ने गरिन्छ । यी औषधीहरुले किटाणुहरु (जीवाणुहरु)द्वारा हुने संक्रमणमा जादुई रुपमा कार्य गर्दछ र जीवाणुहरुलाई नष्ट गर्दछ । तर, जीवन रक्षक हुँदाहुँदै पनि यी औषधीहरु जीवाणुहरुको एक अर्को हानीकारक पाटो सामुन्ने आएको छ ।

एन्टिबायोटिकको अत्याधिक अनियन्त्रित तथा अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ ।

एन्टिवायोटिक औषधीहरुको दुरुपयोगको कारण धेरै जसो जीवाणु यी औषधीहरुप्रति प्रतिरोध गर्न सक्षम भएका छन् जसका कारण यिनमा यी औषधीहरुको प्रभाव समाप्त वा कम हुने गर्दछ । यस कारण कैयौं पटक संक्रमण उपचार निसप्रभावी हुन्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगको कारण बनिरहेका छन । यो समस्याले आज संसारमा एउटा गम्भीर रुप लिएको छ ।

संयुक्त राज्य अमेरिका जस्तो विकसित मुलुकमा रहेक वर्ष कम्तिमा बीस लाख मानिस एन्टिबायोटिक प्रतिरोध जीवाणुहरुबाट संक्रमित हुने गर्दछन् । ती मध्ये २३ हजार बढीको ज्यान नै जान्छ । विकासशील देशहरुमा त स्थिति यो भन्दा भयावह नहोला भन्न के सकिन्छ र ?

पशुपालनामा एन्टिबायोटिकको उपयोग
एन्टिबायोटिक औषधीहरुको उपयोग मूख्य रुपमा संक्रमित बिरामी पशुहरुको उपचारको लागि गरिन्छ । यस्तो परिस्थितिमा सामान्यता यी औषधीहरुको उपयोग अन्य कारकहरु जस्तै रोगको बचाउमा रोगहरुको नियन्त्रण अथवा पशु पालनमा पशुहरुको शारीरिक विकास बढाउन लागि गरिन्छ । त्यो बेला यी औषधीहरुको मात्रा कम दिइने गरिन्छ । मानिसहरु तथा पशुहरुमा जीवाणु संक्रमणको उपचार तथा रोकथामको लागि विभिन्न प्रकारको एन्टिबायोटिक औषधीहरुको उपयोग संसारभरी ठूलो मात्रामा गर्ने गरिन्छ । बिटा लौकटम एन्टिबायोटिकस, पेनीसीलीन अमोकिसलीन, एम्पीसीलीन, सिप्लोस्पेरीन, जैन्टामायसीन, नियोमायसीन, स्टे«ष्टोमायसीन, टेट्रासाइकिलन, सिपरोक्लोकसासिन, किलन्डामायसीन, एरिथ्रोमायसीन, टिल्मीकोसीन, टाइलोसीन, फलेवोमायसीन, मानेन्सीन जस्ता एन्टीबायोटिक औषधीको प्रयोग हुने गर्दछ । यी मध्ये प्रायजसोको उपयोग मानिस तथा पशु दुवैमा हुने गर्दछ । केहि औषधिको प्रयोग केवल मानिसमा मात्र गरिन्छ, किनकी यीनको प्रयोग पशुमा अनुचित मानिन्छ । र, केहि धेरै मंहगो हुने गर्दछन ।

केहि औषधीहरु केवल पशुहरुको रोगको रोगथाम तथा तिनीहरुको शारीरिक विकास बढाउनका लागि गरिन्छ । सही औषधिको छनौट त्यसको खुराकको मात्रा तथा दिने विधि यस कुरामा निर्भर गर्दछ कि, औषधि के कारण या कुन रोगको लागि दिइदै छ ।

पशु चिकित्सकहरुले उपचार गर्ने बेलामा जस्तो संक्रमणको कारण किटाणुको प्रकार एवं विशेषताहरु प्रयोग गरेको औषधिको जीवाणु मारक क्षमता औषधी प्रयोय गराउने विधिको सुगमता, पशुको औषधिप्रति सहनशक्ति, औषधिको दुष्प्रभाव आदि । यी औषधिहरु दानापानी अथवा इन्जेकसनद्वारा चिकित्सकीय सल्लाह अनुसार दिइन्छ । तर, यी औषधिहरुको दुरुप्रयोगको धेरै दुष्परिमाण हुन् सक्दछ ।

बढ्दो जनसंख्याको कारण पशु जनित खाद्य पर्दाथको माग लगातार बढ्दो छ । धेरै उत्पादनका लागि पशुहरुमा रोगहरुबाट बचाउ एवं रोकथाम आवश्यक हुन्छ । यसको लागि एन्टिबायोटिक औषधिहरुको उपयोग आवश्यक हुन्छ । यसका साथ साथै कैयौं जीवनरोधी पदार्थहरुको प्रयोग पशुहरुको दानापानीमा गर्ने गरिन्छ । जसले गर्दा पशु उत्पादन, पशुपालन तथा कुखुरा पालनमा प्रयोग हुने कैयौं औषधिहरु जस्तै कोरटेट्रासाइकिलन, अकसीटष्ट्रा साइकलीन, पेन्सीलीन, टायलोसीन वेसीट्रेसीन, नियो मायसीन स्ट्रेप्टोमायसीन, एरीथ्रोमायसीन, लीन्कोमायसीन वैम्बरमायसीनबर्जीनामायसीन, ओलीएन्डोमायसीन इन्रोल्फ्रोकसासीनकोलेस्टीन इत्यादी । यस बाहेक पनि अरु धेरै छन ।

जन स्वास्थ्यको लागि जोखिम जुन प्रकारले मानिसहरुमा हुने रोगहरुका जीवाणुहरु नष्ट गर्नका लागि नयाँ नयाँ औषधिहरुको आविष्कार हुन्छ त्यसैगरी जीवाणुहरुले पनि आफ्नो बचाउको उपाय खोज्दछ । यस कारण तिनमा औषधिप्रतिरोध गर्नेको क्षमता विकास हुन्छ । तर, एन्टिबायोटिक औषधिहरुको अनुचित एंव अन्धाधुन्ध प्रयोगले तिनको यो क्षमता तेजले बढ्दछ । र, यस्ता जीवाणु वातावरणमा फैलिन्छन् जसलाई सामान्य औषधिले नष्ट गर्न मुस्किल हुन्छ ।

पशु चिकित्साकर्मीहरु एवं पशु पालकहरुले एन्टिबायोटिकको उपयोगमा गम्भीरताले बिचार गर्नुपर्ने हुन्छ । किनकी उपचार गर्ने बेला या उपचारपछि यी औषधिहरु पशुको दूध, फूल, मासुजन्य उत्पादनमा आवश्यक रुपमा आउन सक्छ । जुन जनस्वास्थ्यको लागि हानीकारक हुन सक्छ । एन्टिबायोटिक प्रतिरोधी क्षमता भएका जीवाणुले आफ्नो यो क्षमताको प्रसार अर्को जीवाणुमा गर्न सक्छ जसको गम्भीर परिणाम हुन सक्छ । यस्ता कैयौँ रोग जसको उपचार पहिले सजिलै हुन्थ्यो ।

एन्टिबायोटिक प्रयोगमा सावधानीहरु
एन्टिबायोटिक औषधिहरुको प्रयोग उचित बिधिअनुसार तथा चिकित्सकको सल्लाह अनुसार सोचविचार गरी गर्नु पर्छ । यी औषधिहरुको उपयोगमा लापरवाही भएमा मानिस तथा पशुहरु दुवैमा मृत्युको कारण बन्न सक्छ । एन्टिबायोटिक औषधिहरुको अनुचित प्रयोग जस्तो कि अधिक वा कम मात्रा अनियन्त्रित उपयोग, नक्कली वा कमसल गुणस्तरको अऔषधिको उपयोग अत्याधिक नोक्सानी पुर्याउछ साथै ज्यानजोन रोगको (उद्भव) उत्पति एवं विकास गराउन सक्छ । यसैले बिचार गरौँ एन्टिबायोटिक नै सबै खाले रोगको सर्वकालिक समाधान हैन भन्नेमा ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *