प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौँ, १९ मंसिर । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज हुने भएका छन् । उनलाई आज दिउसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीका एक जना चिकित्सक डा दिलिप शर्माले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागेको बताए । उनले अहिले अवस्था सामान्य उन्मुख भएकोले अस्पतालमा बसिरहनु नपर्ने निस्कर्षमा पुगेरै डिस्चार्ज हुन लागेको बताए ।

‘पछि सामान्य जाँच, निगरानी बालुवाटारमै हुने भयो । फलोअपका लागि त मनमोहनमा आउन पनि समस्या भएन । त्यसैले आज डिस्चार्ज गरिने कुरा भएको हो,’ उनले भने ।

एपेन्डिसाइटीसको समस्या भएपछि प्रधानमन्त्री ओलीलाई गत १० मंसिरमा मनमोहन सेन्टरमा पुरयाइएको थियो । उनको सोही दिन शल्यक्रिया भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *