एमबीबीएसको प्रश्नपत्र गण्डकी मेडिकल कलेजबाट आउट

काठमाडौँ, १९ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले आजबाट शुरु गरेको एमबीबीएस प्रथम वर्षको प्रश्नपत्र आउट भएको छ । बिहीबार गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र आउट भएको हो ।

विहान १० बजेबाट परीक्षा शुरु भएको थियो । तर शुरु भएको केही मिनेटमै अज्ञात व्यक्ति परीक्षा हलमा प्रवेश गरी प्रश्नपत्र च्यातेको बताइएको छ ।

यसअघि आजबाट शुरु हुने परीक्षामा गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले सहभागी हुने बताएका थिए ।
आईओएमका परीक्षा शाखा प्रमुख राजु बुढाथोकीले जीएमसीको परीक्षा हलमा अज्ञात समूहभित्र छिरेर केही प्रश्नपत्र च्यात्ने र केही खोसेर लगेको सूचना आफूहरुले पाएको जानकारी दिए ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा छन् । शुल्ककै विषयमा सरकार र निजी मेडिकल कलेजबीच भएको दुई बुँदे सम्झौँता समेत आफूहरुलाई मान्य नभएको बताउँदै आएका छन् ।

यसअघि चार मेडिकल कलेजमा अध्ययनत विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गर्ने बताएका थिए । यद्धपी बुधबार बेलुका जानकी मेडिकल कलेजका विद्यार्थीहरु परीक्षामा सहभागी हुने बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *