ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा ७ जनाको ज्यान गयो

विराटनगर, १५ मंसिर ।  सुनसरीको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ।

वीरगञ्जबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई गयराती ठक्कर दिएको हो ।

एम्बुलेन्समा सवार सातैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माका अनुसार मृत्यु हुनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई र शिवमाया राई छन् ।

त्यस्तै, एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *