प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ : निजी चिकित्सक डा. शाह

काठमाडौँ, ११ मंसिर । मंगलबार एपेन्डीसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहले सुधार आएपछि बुधबार विहान देखि भेन्टिलेटर हटाइएको बताइन । ‘उहाँको स्वास्थ्यमा सुधार छ । त्यसैले हामीले हिजो देखि लगाएको भेन्टिलेटर हटाएका छौँ,’ उनले भनिन् । 

डा शाहले प्रधानभन्त्रीको शरीरमा संक्रमण फैलिन नपाएको समेत जानकारी दिइन । ‘संक्रमण फैलिसकेको थिएन, किनभने हामीले समयमै उपचार गर्न सफल भयौँ ,’  उनले भनिन् ।

मिर्गौलाको उपचारमा रहेका प्रधानमन्त्रीलाई यो शल्यक्रियाले थप जटिलता उत्पन्न त हुँदैन भन्ने प्रश्नमा डा शाहले ‘त्यस्तो त हुन नपर्ने,’ भनेर छोटो जवाफ दिइन ।

उनका अनुसार प्रधानमन्त्रीको मंगलबार विहान २ बजे देखि पेट दुख्न थालेको थियो । विहान परीक्षणका लागि मनमोहन कार्डियोथोरासिकमा ल्याउँदा एपेन्डिसाइटीस भएको पत्ता लागेपछि तत्काल शल्यक्रिया गर्ने निर्णय गरेको हो ।

उनले अस्पतालमा कति दिन रहने भन्ने कुरा अहिले निधो भई नसकेको बताइन । ‘ उपचार भइरहेको छ । अहिले नै कति दिनमा डिस्चार्ज हुनुहोला भनेर भन्ने अवस्था छैन । केही समय पर्खिउँ,’ उनले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *