सूर्तिजन्य पदार्थको नियन्त्रणमा सहयोग पुर्याउन बृहत अध्ययन् हुँदै

काठमाडौँ, १० मंसिर । नेपालमा सूर्तिजन्य पदार्थको नियन्त्रणमा भएको समस्याको कारण पत्ता लगाउन बृहत अध्ययन हुने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)को दुई बर्षे परियोजना अन्तरगर्त सो अध्ययन् हुने भएको हो ।

एनडीआरआईका कार्यकारी निर्देशक डा जयकुमार गुरुङले बढ्दो क्रममा रहेको नसर्ने रोग र त्यसको प्रमुख कारक मानिएको सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने उपायको खोजी गर्न बृहत अध्ययन गर्न लागेको बताए ।

उनले आफ्नो अध्ययनले सूर्तिजन्य पदार्थको सूर्तिजन्य पदार्थको प्रयोग किन बढ्दो क्रममा छ ? कानून कार्यान्वयन हुन केले समस्या पारेको छ ? सूर्तिजन्य पदार्थको कर किन बढ्न सकेको छैन ? आदि विषयका तथ्य बाहिर आउने बताए ।

देशव्यापी रुपमा गर्न लागिएको यो अध्ययनका लागि एनडीआरआईले क्यान्सर रिसर्च युकेको सहयोग पाएको छ । उसले अध्ययनका लागि प्राविधिक सहयोग किभु इन्टरनेशनलले गरेको जानकारी दिएको छ ।

‘सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण कार्यक्रम नेपाल (२०१९ – २०२१)’ नाम दिइएको उक्त परियोजना मार्फत गरिने अध्ययनले भविस्यमा सरकारलाई सूर्ति नियन्त्रण सम्वन्धी गतिविधिमा भएका कमीकमजोरी हटाउन मद्धत पुग्ने र नीतिगत निर्णय लिन सहज हुने डा गुरुङले बताए ।
त्यसो त भर्खरै सार्वजनिक भएको नसर्ने रोग सम्वन्धि जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण) २०१९ ले सूर्तिजन्य पदार्थ (धूमपान र धुवारहित) सेवन गर्नेको संख्या २९ (२८.९) प्रतिशत देखाएको छ । त्यसमा पुरुष ४८.३ प्रतिशत र महिला ११.६ प्रतिशत रहेको पाइएको छ ।

यस्तै दैनिक सूर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत पुरुषमा ४०.१ र महिलामा १० गरी औषत २४.१ प्रतिशत रहेको उल्लेख छ ।

नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगको कारण बर्षेनी २७ हजार बढीको मृत्यु हुने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *